arrow

पर्यटन प्रवर्द्धन गर्न पञ्चकोटमा मन्त्रिपरिषद् बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २८ आइतबार
panchakot baglung gandakivoice.jpeg
फाइल तस्बिर

ढोरपाटन । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले प्रसिद्ध धार्मिकस्थल पञ्चकोटमा मन्त्रिपरिषद्को बैठक बस्ने निर्णय गरेको छ ।

प्रदेश सरकारले माघ २९ गते सोमबार पञ्चकोटमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको जानकारी दिएको छ ।

प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक, पर्यटकीयस्थलको प्रवर्द्धनका लागि प्रदेशका विभिन्न ठाउँमा मन्त्रिपरिषद्को बैठक गर्ने योजनाअनुसार भोलि पञ्चकोटमा बैठक बस्न लागेको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए ।

“पञ्चकोटको पर्यटन प्रवद्र्धनमा मद्दत पुगोस् भन्ने सरकारको अपेक्षा छ, अब प्रदेशका मुख्य-मुख्य ठाउँमा मन्त्रिपरिषद्को बैठक बस्नुपर्छ भन्ने लागेको छ, हामीहरुले सबै धार्मिक तथा पर्यटकीय ठाउँहरुको विकास, प्रचारप्रसार गर्नुछ,” मुख्यमन्त्री पाण्डेले भने ।

गण्डकी प्रदेशमा धार्मिक तथा पर्यटकीय गन्तव्य धेरै भएको र यी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढाउनका लागि प्रदेश सरकार गम्भीर भइ लागेको उनको भनाइ छ ।

पञ्चकोटमा आगामी फागुन ९ देखि २३ गतेसम्म ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ २०८०’ पनि आयोजना हुँदैछ । मन्त्रिपरिषद्को बैठकपछि महायज्ञमा धेरैभन्दा धेरै भक्तजनहरु आउने विश्वास लिइएको मुख्यमन्त्री पाण्डे बताए ।

गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठक पोखराभन्दा बाहिर पहिलो पटक बस्न लागेको हो । पञ्चकोटका संस्थापक समेत रहेका अनन्तश्री विभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको परिकल्पना र आह्वानमा नेपालमा पहिलो पटक यो महायज्ञ हुन लागेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ