arrow

सुशासनको पक्षमा लेख्ने स्तम्भकार आचार्य अख्तियारद्वारा पुरस्कृत

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २८ आइतबार
sudarshan-acharya-writer-jo.jpg

काठमाडौँ । स्तम्भकार तथा राजनीतिक विश्लेषक सुदर्शन आचार्य अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट पुरस्कृत भएका छन् । सुशासनको पक्षमा निरन्तर कलम चलाएबापत आचार्यलाई अख्तियार दिवसमा पुरस्कृत गरिएको हो ।

भ्रष्टाचार सम्बन्धी खोज तथा अनुसन्धानमूलक लेख र रचना प्रकाशन गरी भ्रष्टाचार न्युनिकरणमा योगदान पुर्याएवापत आचार्यलाई २० हजार नगदसहित प्रमाणपत्रबाट पुरस्कृत गरिएको हो ।

आइतबार आयोजित अख्तियार दिवस समारोहमा स्वतन्त्र पत्रकार आचार्यलाई पुरस्कृत गरिए पनि पारिवारिक कामले अष्ट्रेलियामा रहेकाले पछि उपलब्ध गराउने जानकारी दिइएको थियो । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ