arrow

प्रधानमन्त्रीमाथि आक्षेप लगाउने कुरा समिति बैठकमा नगर्दा राम्रो : पर्यटन मन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २८ आइतबार
sudan-kirati-yeshkumar.jpg

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले रामग्राम क्षेत्र उत्खनन तथा बौद्ध स्तुपा निर्माणको सम्बन्धमा प्रधानमन्त्रीमाथि आक्षेप नलगाउन सांसदहरूलाई आग्रह गरेका छन् । 

आइतबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै मन्त्री किराँतीले प्रधानमन्त्री पुष्पकमल दाहालमाथि रामग्रामको आक्षेप नलगाउन सांसदहरूलाई आग्रह गरेका हुन् । 

उनले समिति बैठकमा सांसदहरूले प्रधानमन्त्री र मन्त्रीको मिलेमतोमा रामग्राम क्षेत्र उत्खनन तथा बौद्ध स्तुपा निर्माण गर्ने लगायत समझदारी गर्न खोजिएको आक्षेप लगाएको भन्दै असन्तुष्टि जनाए । 

उनले पर्यटन मन्त्रीको रूपमा गल्ती भए जिम्मेवारी र सजायको भागिदार हुन आफू तयार रहेको बताए । उनले सांसदहरूले नै अनुमानित रूपमा प्रधानमन्त्रीमाथि आक्षेप लाउने कुरा राम्रो नभएको बताए । 

उनले रामग्राम क्षेत्र उत्खनन तथा बौद्ध स्तुपा निर्माणको सम्बन्धमा सम्झौता गर्न आफू अध्यक्षतामा बसेको बैठकले स्वीकृत नदिएको बताए । 

उनले बैठकले कानुनी पक्षको समेत अध्ययन गरी आवश्यक प्रक्रिया अगाडि बढाउन मन्त्रालयलाई सिफारिस मात्रै गरेको दाबी गरे ।

उनले भने,‘लुम्बिनी विकास कोषको अध्यक्ष भएकाले समितिमा छलफल गर्ने र रामग्रामका विषयमा सम्झौता भएको हो भने त्रुटिपूर्ण छ । सरकारको तर्फबाट कतै पनि स्वीकृत दिएको छैन । लुम्बिनी विकास कोषको बैठकमा स्पष्ट छ कानुनी पक्षको समेत अध्ययन गरी आवश्यक प्रक्रिया अगाडि बढाउन मन्त्रालयलाई सिफारिस बैठकले गरेको थियो । मन्त्री नै बसेर आफैँले सम्झौता गर्ने संस्कृति नसिकाउने भन्ने कुरा हुँदैन । रामग्रामसँग बिना प्रमाण सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई जोड्नु भएन । पर्यटन मन्त्रीको रूपमा गल्ती भएको छ भने आफैँ जिम्मेवारी र सजायको भागिदार हुन पनि तयार छु । तर अनुमानित रूपमा प्रधानमन्त्रीमाथि आक्षेप लाउने कुरा गरिमामय संसदीय समिति बैठकमा नगर्दा राम्रो हुन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ