arrow

सहकारीका पैँतीस सय बचतकर्ताको रकम हिनामिनाका आरोपी राउत धरौटीमा रिहा

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २९ सोमबार
krishna-raut-facebook.jpg

पोखरा । पोखरास्थित मित्रमिलन बचत तथा ऋण सहकारी संस्था लिका पूर्व अध्यक्ष कृष्णबहादुर राउत धरौटीमा रिहा भएका छन् । सहकारीको करोडौँ रकम हिनामिना भएको तथ्य सार्वजनिक भएपछि उनी फरार भएका थिए ।

राउत पोखरा महानगरपालिका वडा नं. १२ निवासी हुन् । कास्की जिल्ला अदालतले उनीविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको थियो । अदालतमा आफै उपस्थित भएका राउतसँग न्यायाधीश वसन्तजंग थापाको इजलासले १२ लाख रुपैयाँ धरौटी मागेको थियो । राउतले अदालतले मागेजति रकम बुझाएर रिहा भएका हुन् ।

सहकारीका ३ हजार ४ सय ४६ बचतकर्ताको २६ करोड ८६ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ ठगिएकोमा सरकारी वकिलको कार्यालयले कानून बमोजिम सजाय र २१ करोड बिगो माग दाबी गरेर मुद्दा दायर गरेको हो ।

सहकारी ठगीमा ३३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएपनि हालसम्म ९ जना मात्र पक्राउ परेका छन् । पक्राउ परेकामध्ये लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारी र विष्णु प्रसाद भण्डारी धरौटीमा रिहा भईसकेका छन् ।

सञ्चालक समितिका अध्यक्ष रमण पौडेल, पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली, सहकारी सञ्चालक सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकार राजु बराल र शेयर सदस्य बुद्धिसागर पौडेल पुर्पक्षका लागि कारागारमा छन् । बाँकी फरार छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ