arrow

नियन्त्रणमा आयो भाइरल ज्वरोको प्रकोप

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २९ सोमबार
fever.jpg

मकवानपुर । मकवानपुर जिल्लाको पश्चिम भेगमा पर्ने राक्सीराङ गाउँपालिका-९ मा केही दिनअघि फैलिएको भाइरल ज्वरोको प्रकोपलाई अहिले स्वास्थ्यकर्मीले उपचार गरी नियन्त्रणमा ल्याइएको राक्सीराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए । 

उक्त गाउँपालिका-९ को कालिका माविका विद्यार्थीलगायत दुई वटा टोलका स्थानीय बासिन्दा गरी  तीन सय जना एकैचोटी भाइरल ज्वरोको प्रकोपबाट प्रभावित भएको र एक जना वृद्धको उक्त ज्वरोबाट केही दिनअघि मृत्यु भएको सो गाउँपालिकाका अध्यक्ष मल्लले जानकारी दिएका थिए ।

स्थानीय अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको टोली औषधिसहित त्यस क्षेत्रमा पुगी थप उपचार गरिरहेको राक्सीराङ गाउँपालिकाका प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले उल्लेख गरे ।

अहिले प्रभावित क्षेत्रमा अन्य बासिन्दाको रगत सङ्कलन गर्न आवश्यक चिकित्सा ‘किट’, प्राविधिक जनशक्ति स्थानीय अस्पताललाई थप औषधिसहित त्यसतर्फ पठाइसकिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी लक्ष्मणप्रसाद घिमिरे बताए ।



लोकप्रिय समाचार
नयाँ