arrow

कोजीको सफलता : नेपाल आएको नौ महिनामै ऐतिहासिक उपाधि

logo
प्रकाशित २०७३ कार्तिक ३० मंगलबार
koji-news.jpeg

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका सम्हाल्न पुगेका मुख्य प्रशिक्षक जापानी ग्यातुको कोजीले ९ महिनामै महादेशीय फुटबलको उपाधि दिलाएका छन् । कोजीकै मुख्य प्रशिक्षणमा नेपालले पहिलो पटक एसियाली फुटबल महासंघले आयोजना गरेको औपचारिक प्रतियोगिताको उपाधि चुम्यो ।

नेपालले एसियालीस्तरको कुनैपनि प्रतियोगिता जितेको यो पहिलो पटक हो । विश्वकप २०१८ एसियन कप २०१९ को छनोटबाट बाहिरिएका देशहरुका लागि एएफसीले आयोजना गरेको सोलिडारिटी कप नेपाली फुटबल टोलीले ११ महिनायता लगातार जितेको तेस्रो उपाधि हो ।

कोजीको प्रशिक्षण सुभारम्भ समेत मलेसियाबाटै भएको थियो । कोजी गएको फागुन २२ गते शनिबार काठमाडौं आइपुगेका थिए । गएको चैत १४ गते नेपाली राष्ट्रिय फुटबल टोलीलाई लिएर कोजी मलेसिया हानियो । मलेसियाको यु–२२ टोलीसंगको मैत्रीपूर्ण फुटबलमा नेपाल १–१ को बराबरी रोकियो ।

मलेसियाको सेरेबनको टुअङ्कु अब्दुल रहमान रङ्गशालामा नेपाली टोलीले कोजीलाई लयमै रहेको संकेत दियो । पछि लाओसविरुद्धको मैत्रीपूर्ण खेलमा पनि नेपालले बराबरी नै गर्यो । कोजी प्रशिक्षणमा नेपाल अहिले सम्म अपराजित छ । कोजी अब्बल ठहरिएको खेल नतिजाले देखाएको छ ।

को हुन् कोजी ?
जापानी राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी समेत रहेका कोजीले युरोपियन क्लबबाट पनि फुटबल खेले । सन् १९९४ बाट व्यवसायिक प्रशिक्षण सुरु गरेका उनीसँग जापानको विभिन्न डिविजनका प्रशिक्षणको सम्हालेको अनुभव छ ।  
 
नेपाली टोलीसंग अनुबन्ध हुनुअघि कोजी थाइल्याणको‘ए’ डिभिजन क्लबका मुख्य प्रशिक्षक थिए । दक्षिण एसियाली फुटबलसंग राम्ररी परिचित कोजीले सन् २००८–२००९ को साफ च्याम्पियनसिपमा भूटानको राष्ट्रिय टोलीलाई सम्हाले । उनले उक्त साफ च्याम्पियनसिपमा भुटानलाई सेमीफाइनल सम्मको ऐतिहासिक यात्रामा लगेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ