arrow

सामान्यको सिफारिस : दुई सचिवका लागि ४ जनाको नाम

logo
प्रकाशित २०७३ कार्तिक ३० मंगलबार
manya-prasashan-news.jpeg

काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले दुई सचिवका लागि ४ जनाको नाम सिफारिस गरेको छ । सामान्यले कृषि तथा वन सेवा समूहमा एक जना र प्रशासन सेवा समूहमा १ जना सचिव नियुक्त गर्नु पर्ने ठाउँमा ४ सहसचिवलाई सिफारिस गरेको हो ।

कृषि तथा वन सेवा समूह अन्तर्गतको सचिव पदका लागि सह–सचिव अन्नपूर्णनन्द दासको नाम सिफारिस भएको छ । उनलाई बरिष्ठताका आधारमा पहिलो नम्बरमा  सचिव बढुवा गर्न सिफारिस गरिएको बताइएको छ ।

दास २०६४ असोज ३० मा मात्रै सहसचिवमा बढुवा भएका थिए । दास २०७३ पुस ३० गते सेवा निवृत्त हुँदै छन् । प्रशासन सेवा समूहमा एक जना सचिव नियुक्तका लागि तीन जनाको नाम प्रस्ताव भएको छ । प्रस्तावित तीन जना सहसचिवमा कृष्णप्रसाद देवकोटा, वेगेन्द्र प्रसाद पौडेल र शिशिर ढुंगाना रहेका छन् ।

केही समय अघि मात्रै सरकाले सचिव र सहसचिवको व्यापक सरुवा गरेपनि वढुवा गरेको भने थिएन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ