arrow

शिष्टाचार भेटमा प्रधानमन्त्रीले चिनियाँ राजदूतसँग भने ‘राष्ट्रपति कहिले आउने ?’

logo
प्रकाशित २०७३ कार्तिक ३० मंगलबार
China_PM.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि नवनियुक्त चीनियाँ राजदूत यु होङबीच शिष्टाचार भेट भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुईदेशीय सम्बन्ध र सहयोगको विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 
 
भेटका क्रममा प्रधानमन्त्री दाहालले चीनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका विषयमा कुरा निकालेका थिए भने त्यसको जवाफमा राजदूत होङले नेपाल चीनको उच्च प्राथमिकतामा रहेको र यहाँ उच्चस्तरको भ्रमण हुने जानकारी दिएकी छन् । प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार प्रधानमन्त्रीले राजदूतसँग ‘राष्ट्रपति कहिले आउने ?’ भनेर सोधेपछि राजदूतले यस्तो जवाफ दिएकी हुन् । 
 
भेटमा प्रधानमन्त्रीले नेपाल र चीनबीच विगतदेखि नै मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको भन्दै होङको कार्यकाल पूर्ण रुपमा सफल हुने विश्वास व्यक्त गरेका थिए । प्रधानमन्त्रीले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताउँदै नेपालको पूनर्निर्माण र विकासमा प्राप्त चीनियाँ सहयोगका लागि धन्यवाद पनि दिएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ