arrow

केएमसीमा स्वास्थ्यकर्मी विद्यार्थीहरुलाई अभिमुखीकरण 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २९ सोमबार
kmc-orientation-2080.jpg

काठमाडौँ । काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) ले त्यहाँ अध्ययनरत स्वास्थ्यकर्मी विद्यार्थीहरुको अभिमुखीकरण कार्यक्रम गरेको छ । 

कलेजका प्रबन्धक नारायणप्रसाद दाहालका अनुसार एमबीबीएसको २७ औँ समूह बीडीएसको १२ औँ समूह, बीएससी नर्सिङको १८ औँ समूह र बीपीटीको तेस्रो समूहलाई अभिमुखीकरण कार्यक्रम गरिएको हो । 

केएमसीको एमबीबीएसमा १००, बीडीएसमा ४०, बीएससी नर्सिङमा ४० तथा बीपीटीमा २० जना विद्यार्थी रहेका छन् । 

   
कार्यक्रममा केएमसीका सीईओ डा. केपी शर्मा, प्रिन्सिपल प्राडा रतेन्द्रनाथ श्रेष्ठ, भाइस प्रिन्सिपल डा. सुशील खरेल, नर्सिङ डाइरेक्टर सबिता पाण्डे, डेन्टल डाइरेक्टर डा. भागवत भट्टराई, बीपीटी डाइरेक्टर प्रकाश महतो, हस्पिटल डाइरेक्टर डा. सुमन श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ