arrow

धुलिखेलमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, ७५६ लाभान्वित

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २९ सोमबार
kmc-dhulikhel-free-camp-208.jpg

काठमाडौँ । काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) ले काभ्रेपलाञ्चोकको धुलिखेलमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । 

धुलिखेल कल्याणकारी सेवा काभ्रेको आयोजनामा संजीवनी माविको प्राङ्गणमा भएको निःशुल्क शिविरमा ७५६ बिरामीको उपचार भएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए ।

उनका अनुसार ८९ जनाको ईसीजी, १११ जनाको ल्याब परीक्षण तथा ९७ जनाको भिडियो एक्सरे गरिएको थियो । त्यस्तै २९ जनाको दाँत खोलिएको थियो भने २७ बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ । 

नेपाली कांग्रेसका सांसदसमेत रहेका डा. सुनील शर्माले सम्हालेपछि केएमसीले सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 



नयाँ