arrow

देउवाले समय मागे, ‘संविधान संशोधन प्रस्ताव ढिला’

logo
प्रकाशित २०७३ कार्तिक ३० मंगलबार
samsad.jpg.jpeg

काठमाडौँ । प्रमुख दलबीचको गृहकार्य अपुग र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले थप १५ दिनको समय दिएपछि व्यवस्थापिका–संसद्मा यही कात्तिक मसान्तभित्र पेस हुने भनिएको संविधान संशोधनको प्रस्ताव केही दिन ढिला हुने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले यही कात्तिक २६ गते सरकारको एक सय दिन पुगेको अवसरमा गरेको सम्बोधनमा संविधानको सर्वस्वीकार्यताका लागि कात्तिक मसान्तभित्र प्रस्ताव दर्ता हुने बताएका थिए ।

संशोधनको माग गरिरहेको मोर्चाले सोमबार ज्ञापनपत्र बुझाउँदै १५ दिनभित्रमा पेस नभए आन्दोलनको चेतावनी दिएपछि समय सरेको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले नेपाली काँग्रेसका सभापित शेरबहादुर देउवाले पनि केही दिन छलफलका लागि समय माग्नुभएको र मोर्चाले १५ दिन भनेका कारण तत्काल संशोधन विधेयक पेस नहुने बताए ।

प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी ओलीसँग पनि संशोधनबारे छलफल गर्दै आएका छन् । यद्यपि, एमाले संविधान संशोधनको आवश्यकता र औचित्य मागिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ