arrow

भारतीयलाई नागरिकता बाँड्ने परम्परा प्रचण्डको पनि : बिजुक्छे

logo
हाम्रा कुरा
प्रकाशित २०७३ कार्तिक ३० मंगलबार
narayan-new-.jpg.jpeg

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अङ्गीकृत नागरिकलाई देशको प्रमुख पदको जिम्मेवारीमा लान सक्ने षडयन्त्र जनताले विफल पार्ने बताएका छन् ।

रफत सञ्चार क्लबले मंगलबार गरेको साक्षात्कारमा अध्यक्ष बिजुक्छेले अङ्गीकृत नागरिकलाई देशको प्रमुख पदमा लैजाने भारतीय षडयन्त्र जनताले कहिलै सफल हुन नदिने बताए । उनले मधेस आन्दोलनका नेतृत्वको वास्तविक माग थाहा पाएका मधेसका जनता समेत नागरिकताको सवालमा संविधान संशोधन गर्ने पक्षमा नरहेको उल्लेख गरे ।

तराईमा सरकारले घरदैलो अभियान सञ्चालन गर्दै नागरिकता वितरण गर्न लागेको प्रसङ्गमा उनले नेपालमा प्रधानमन्त्रीको परिवर्तनसँगै भारतीय नागरिकलाई नागरिकता बाँड्ने परम्परा अहिलेको पुष्पकमल दाहाल नेतृत्व सरकारले पनि निरन्तरता दिएको आरोप लगाए ।

संविधान संशोधनलाई जसरी पनि सफल पार्न भारतले लोकमान प्रकरणलाई चालका रुपमा प्रयोग गरेकोे आरोप लगाउँदै उहाँले केही ठूला राजनीतिक दलका पदाधिकारी जेल जान सक्ने भएपछि लोकमान प्रकरण बाहिर आएको बिजुक्छेको जिकिर छ ।



नयाँ