arrow

अवैध आठ किलो सुन र ६२ लाख नगदसहित व्यापारी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १ मंगलबार
pakrau-kaski-police.jpg

पोखरा । स्रोत नखुलेको सुन र चाँदीसहित पोखराका एक व्यापारीलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. मोहरियाटोलस्थित जय भैरव ज्वेलर्सका सञ्चालक ४० वर्षीय सुरजित भौमिक रहेका छन् । उनी भारत पश्चिम बंगाल मेदिनीपुर दासपुर-११ निवासी हुन् ।

उनीको साथबाट स्रोत नखुलेको ७ किलो ७ सय ८१ ग्राम ९९ मिलिग्राम सुन, ६ किलो चाँदीका गहना र ६२ लाख ८१ हजार रूपैयाँ नगद बरामद बरामद भएको कास्की प्रहरी प्रमुख मोहन कुमार थापाले जानकारी दिए ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ