arrow

अयोध्याको राम मन्दिरमा अमिताभले गरे पूजा, मुख्यमन्त्रीसहित भक्तजनले गरे दर्शन

अयोध्याको राम मन्दिरमा ठूलो सङ्ख्यामा भक्तजनको भीड

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २ बुधबार
ayodhya-ram-mandir-2024.jpg

काठमाडौँ । मङ्गलबार भगवान रामको दर्शन गर्न अयोध्याको राम मन्दिरमा ठूलो सङ्ख्यामा भक्तजनको भीड लागेको छ । 

अहमदाबाद निवासी कीर्ति आचार्य नामका भक्तले एउटा अदभूत सनातन र अनन्त मूल्यमान्यताको विजयको प्रतिकका रूपमा पाँच सय वर्षपछि भव्य मन्दिर निर्माण भएको बताउदै आँखाबाट आँसु झारे । 

मन्दिर निर्माण पछि भगवान राम नै यहाँ आएको विश्वास व्यक्त गर्दै आचार्यले अव यहाँका स्थानीयलाई अपार आनन्द मिल्ने बताए । 

यसै सन्दर्भमा अर्का जना भक्तले अयोध्या आएर आफ्नो यात्रा पूरा भएको छ बताए । भगवान श्रीरामको आगमनको प्रतिक्षामा अयोध्याको भौगोलिक क्षेत्रलाई सुन्दररुपले तरिकाले सजाइएको छ । मन्दिरको जटिल काम पनि असाधारणरूपमा सुन्दर छ । भारत बाहिरबाट आएका मानिसका लागि कुनै कठिनाई नभई सबै कुराको व्यवस्थापन छ । 

विद्यार्थीसँगै आएका लखनऊका एकजना शिक्षकले आपूहरु एउटा प्रतियोगिताका लागि अयोध्या आएको बताउँदै यहाँ आइपुगेपछि आफूले राम मन्दिर पनि भ्रमण गरेको बताए । मन्दिर देखेर अद्भुत महसुस गरेको बताए । ठुलो सङ्घर्षपछि मन्दिर निर्माण सम्भव भएपछि मन्दिर परिसरमा आउँदा खुशी र सफलता हासिल गरेको अनुभव भएको उनको भनाइ छ । मन्दिर निर्माण सँगसँगै अयोध्यामा पनि उल्लेखनीय विकास स्वरुप सडक निर्माण गरिएको ती शिक्षकको भनाइ छ । 

परिणाम स्वरुप पर्यटकीय वातावरण पनि वृद्धि भएकाले चारैतिरबाट पर्यटकहरू निरन्तर आइरहेको उनले बताए । यसअघि अमिताभ बच्चनले शुक्रबार मन्दिरको भव्य उद्घाटनमा छोरा अभिषेक बच्चनसहित राम लल्लाको पूजा गरेका थिए। 

बुधबार सुरिनामको प्रतिनिधिमण्डलले अयोध्याको भ्रमण गरेको थियो । सुरिनामको राष्ट्रियसभाका अध्यक्ष मारिनस बीको नेतृत्वमा प्रतिनिधिमण्डल बुधबार अयोध्या पुगि आध्यात्मिक र सांस्कृतिक गतिविधिसहित राम लल्लाको मूर्तिको पूजा गरेको थियो ।

मुख्यमन्त्री पेमा खान्डुको नेतृत्वमा अरुणाचल प्रदेशको मन्त्रिपरिषद्ले अयोध्यामा राम मन्दिरको भ्रमण गरेको थियो । उत्तर प्रदेशका मुख्यमन्त्रीको कार्यालयअनुसार भगवान राम लल्लाको प्राण प्रतिष्ठापछि राम लल्लाको दर्शन र पूजा गर्ने अरुणाचल प्रदेशबाट आएका तिनीहरू पहिलो राजनीतिक प्रतिनिधिमण्डल थिए ।

जनवरी २२ मा मन्दिरमा श्री राम लल्लाको ‘प्राण प्रतिष्ठा’ सम्पन्न भएको थियो । जसमा प्रधानमन्त्री नरेन्द्र मोदीले पुजारीको नेतृत्वमा अनुष्ठान गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ