arrow

गोरखा, तनहुँ, स्याङ्जा र बागलुङका प्रहरी प्रमुख फेरिए

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २ बुधबार
sp-nepapolice.jpg

पोखरा । प्रहरी प्रधान कार्यालयले गण्डकी प्रदेश अन्तर्गत ४ जिल्लाका प्रहरी प्रमुख परिवर्तन गरेको छ । मंगलबार राति गोरखा, तनहुँ, स्याङ्जा र बागलुङका प्रहरी प्रमुख परिवर्तन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख अनुपम श्रेष्ठलाई प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयमा सरुवा गरिएको छ । उनको स्थानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखामा कार्यरत वासुदेव पाठकलाई ल्याइएको छ ।

यसैगरी तनहुँका अवदेश विष्ट क्षेत्री काठमाडौं उपत्यका प्रहरी कन्ट्रोल रुम रानीपोखरीमा सरुवा भएका छन् । तनहुँमा प्रहरी प्रधान कार्यालय मानव अधिकार उल्लंघन अनुगमन इकाई नक्सालमा कार्यरत अपिलराज बोहरालाई ल्याइएको छ ।

स्याङ्जाका सञ्जयबहादुर राउत काठमाडौं उपत्यका प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखामा पुगेका छन् । उनको स्थानमा शालिकराम शर्मा आउने भएका छन् । उनी यसअघि प्रहरी प्रधान कार्यालय कार्य विभाग सुरक्षा सेवा व्यवस्थापन महाशाखामा कार्यरत थिए ।

यस्तै, योगेन्द्र कुमार खड्का काठमाडौं उपत्यका प्रहरी कार्यालय अन्वेषण योजना विकास महाशाखामा सरुवा भएका छन् । उनको स्थानमा कोशी प्रदेश प्रहरी कार्यालय मानवश्रोत व्यवस्थापन महाशाखा विराटनगरमा कार्यरत ऋषिराम कंडेल आउने भएका छन् ।

यसैगरी गण्डकी प्रदेश प्रहरी कार्यालय मानश्रोत व्यवस्थापन महाशाखा पोखरामा कार्यरत विनोद शर्मालाई सिन्धुली प्रमुखमा सरुवा गरिएको छ । उनको स्थानमा सिन्धुलीमा कार्यरत राजकुमार सिलवाललाई ल्याइएको छ ।

नेपाल प्रहरी प्रदेश कार्यालय पोखराको अपराध अनुसन्धान शाखामा कार्यरत केदार खनालाई नेपाल प्रहरी विशेष सुरक्षा गण बेलचौतारा तनहुँमा सरुवा गरिएको छ ।

यता, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय तनहुँमा कार्यरत सुमनकुमार तिमिल्सिनालाई कोशी प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रवन्ध महाशाखामा सरुवा गरिएको छ ।

उनको स्थानमा जनकबहादुर शाही आउने भएका छन् । उनी यसअघि काठमाडौं उपत्यका प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास महाशाखामा कार्यरत थिए ।

प्रहरी प्रधान कार्यालयले मंगलबार एकैपटक २३ जिल्ला प्रमुखसहित ७८ जना प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ