arrow

तरुण दलको अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष पोखराबाट, अन्यको टुंगो काठमाडौंमा

logo
प्रकाशित २०७३ मंसिर १ बुधबार
tarun-dal-fourth-general-conventation.jpeg
पोखरा । नेपाली कांग्रेसको भातृ संघठन नेपाल तरुण दलको पोखरामा भएको महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्षको टुंगो लागेको छ ।
 
 नेताहरुबीच सहमतिका आधारमा अध्यक्षमा पार्टी सभापति देउवा निकट जितजंग बस्नेत र उपाध्यक्षमा सिटौला निकट उत्तम कुमार चापागाईं चयन भएका छन् । 
 
यस्तै महासचिवमा वरिष्ठ नेता रामचन्द्र पौडेल निकट भूपेन्द्र जङ्ग शाही र कोषाध्यक्षमा बालकृष्ण खाँड निकट विद्वान गरुङ छन् । यद्धपि महाधिवेशनले केन्द्रिय समिति पुरै निर्वाचित गर्न भने सकेन । 
 
उद्घाटन र बन्दशत्र भएपनि निर्वाचन प्रकियामा नेताहरु जान असमहत भएसँगै पुरै कार्यसमिति विस्तार हुन सकेन । 
 
कार्तिक २९ गते कार्यसमितिको अन्तिम टुंगो लगाइसक्नुपर्ने समयसिमा रहेपनि मंसिर १ गते हुँदासम्म समितिको टुंगो लाग्न सकेको छैन । 
 
कार्यसमितिको अन्य सदस्यको टुंगो भने काठमाडौं आएपछि सार्वजनिक गरिने देउवा निकट स्रोतले जानकारी दिएको छ । सभापति देउवा बुधबार १० बजे नै महाधिवेशनबाट काठमाडौं फर्किएका छन् । अन्य नेताहरु पनि काठमाडौं फर्किने तयारीमा रहेका छन् ।
 
अहिलेसम्म ६१ सदस्यीय रहेको कार्यसमिति अब भने समावेशी प्रतिनिधित्वको आधारमा ७५ सदस्यीय बनाउने तयारी भईरहेको छ । 
 
जसमा ४० प्रतिशत देउवा पक्षलाई, ३० प्रतिशत पौडेल पक्षलाई र ३० प्रतिशत सिटौला समूहलाई दिने मोटामोटी सहमति भएपनि पौडेल पक्षले सिटौला पक्षलाई धेरै दिन नहुने अडान राखेपछि कार्यसमितिको बाँकी मनोनित पदाधिकारी र सदस्यहरूको टुंगो नलागेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ