arrow

सोलिडारिटी कपको उपाधि विजेता टोली बुधबार नेपाल आउँदै

logo
प्रकाशित २०७३ मंसिर १ बुधबार
champion.jpeg
काठमाडौ । मलेसियामा आयोजित सोलिडारिटी कप फुटबलको उपाधि विजेता नेपाली टोली बुधबार स्वदेश फर्किँदैछ । एेतिहासिक उपाधि ट्रफीसहित टोली राति ८:३५ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने अखिल नेपाल फुटबल संघ एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधारले जानकारी दिएका छन् । 
 
विजेता टोलीलाई स्वागत गर्न एन्फा लगायत खेलकुद पदाधिकारीहरु राति विमास्थल पुग्ने तयारीमा छन् । टोलीलाई स्वगत गर्न खेलकुद मन्त्री दलजीत श्रीइपालीसहिको टोली पनि विमानस्थल पुग्ने अधिकृत तुलाधरले बताए । 
 
रातिको समय भएकाले टोलीलाई वृहत र भव्य स्वगत नगर्ने कि भन्ने प्रारम्भिक सल्लाह भएको तुलाधरले जनाए । यद्धपि विजेता टोलीलाई कसरी स्वागत गर्ने बारे भने आफूहरुबीच छलफल चलिरहेको उनले बताए । तुलाधरका अनुसार विजेता टोलीलाई विमास्थलमा स्वगत गरिसकेपछि एन्फा कम्प्लेकस् सातदोबाटोमा लगिने कार्यक्रम रहेको छ । 
 
सोलिडारिटी कप अन्तर्गत सोमबार भएको फाइनलमा नेपालले मकाउलाई १-० गोलले पराजित गर्दै उपाधि चुमेको हो । नेपालका लागि पहिलो हाफको ३० औं मिनेटमा सुजल श्रेष्ठले गरेको गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो ।
 
जीतसँगै नेपालले इतिहास रचेको छ । ६२ वर्षको अवधिमा एशियाली फुटबल संघ एएफसीको आयोजनामा भएको प्रतियोगितामध्य नेपाली जितेको यो पहिलो उपाधि हो । जीतपछि सरकारले विजेता टोलीका सदस्यहरुलाई जनही ३ लाख दिने निर्णय गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ