arrow

काठमाडौँ आउँदै गरेको बस सुरही पुल नजिकै दुर्घटना : १० जनाको घटनास्थलमै मृत्यु

 ३० घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३ बिहिबार
Accident-sign.jpg

काठमाडौँ । काठमाडौँ आउँदै गरेको बस  सुरही पुल नजिकै हुँदा १० जनाको मृत्यु भएको छ ।

 कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै बस दुर्घटना भएको हो  ।

महेन्द्रनगरबाट काठमाडौँ आउँदै  गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु- प - प्र-०२-००१ ख ००९८ नम्बरको बस आज बिहान सडकबाट दुई सय मिटर तल खसेको थियो । 
 
दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । मृतकको विवरण (पहिचान) आइसकेको छैन । 

कार्यालयका प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार दुर्घटनामा ३० जना घाइते भएका ती मध्ये नौ जनालाई बुटवल ‘रिफर’ गरिएको छ । 

अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ