arrow

नरदेवीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, ६१३ लाभान्वित

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३ बिहिबार
kmc-freecamp-2080-11-03.jpg

काठमाडौँ । काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) ले काठमाडौँको नरदेवीमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । 

काठमाडौँ महानगरपालिका वडा नं ८, लाइन्स क्लब अफ काठमाडौँ लालीगुराँस लाइन्स क्लब अफ काठमाडौँ डाँफेले शहरी स्वास्थ्य प्रबर्धन केन्द्र नरदेवीमा निःशुल्क शिविर गरेको हो । 

शिविरमा ६१३ बिरामीको उपचार भएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए ।

उनका अनुसार ४२ जनाको ईसीजी, ८९ जनाको भिडियो एक्सरे, १०३ जनाको ल्याब परीक्षण तथा गरिएको थियो । 

त्यस्तै १९ जनाको दाँत खोलिएको थियो भने ३३ बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ । 

नेपाली कांग्रेसका सांसदसमेत रहेका डा. सुनील शर्माले सम्हालेपछि केएमसीले सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ