arrow

ललिता निवास प्रकरणमा १२ जना दोषी ठहर

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३ बिहिबार
lalita-niwash-balwatar-land-case-11.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा १२ जना दोषी ठहर भएका छन् । विशेष अदालतले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको मुद्दामा फैसला सुनाउँदै १२ जनालाई दोषी ठहर गरेको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त तथा तत्कालीन भौतिक योजना सचिव दीप बस्न्यात र तत्कालीन भूमिसुधार सचिव छविराज पन्त दोषी ठहर भएका छन् ।

त्यस्तै तत्कालीन मालपोत अधिकृत कलाधर देउजा, शोभाकान्त ढकाल, रामकुमार सुवेदीसहित १२ जनालाई अदालतले दोषी ठहर गरेको हो ।

पूर्व प्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसमेतलाई सोधपुछ गरिएको भए पनि उनीहरुमाथि कुनै मुद्दा चलेको थिएन । 

त्यस्तै मुद्दा चलेका पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्व भूमिसुधारमन्त्री चन्द्रदेव जोशी र पूर्वमन्त्री डम्बर श्रेष्ठले भने सफाइ पाएका छन् । 

विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उक्त मुद्दा मङ्गलबार सकिएको थियो । 

इजलास एक महिनादेखिको निरन्तर चलिरहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ