arrow

ललिता निवास जग्गा प्रकरण

भाटभटेनीका मालिक मीनबहादुरलाई दुई वर्ष कैद र ८० लाख जरिबाना 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३ बिहिबार
minbahadur-gurung-bhatbhateni.jpg
तस्बिर – फाइल ।

काठमाडौंँ । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ दोषी पाइएका छन् । विशेष अदालतले बिहीबार उनलाई दोषी ठहर गर्दै दुई वर्ष कैद र ८० लाख रुपैयाँ जरिबानाको सजाय सुनाएको हो । 

उनलाई गैरकानूनी लाभ लिएको ठहर गर्दै अदालतले दोषी ठहर्याउँदै सजाय सुनाएको हो । 

अनधिकृत मोही खडा गरी सरकारी जग्गा सट्टाभर्ना गर्ने गराउने कार्यमा मुख्य मतियारको भूमिका खेलेको भन्दै गुरुङ दोषी पाइएका हुन् । 

उनीसँगै रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई पनि अदालतले समान सजाय ताकेको छ । (फैसलाको १४ औँ पृष्ठ)

यो जग्गा प्रकरणमा १२ जना दोषी पाइएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ