arrow

महिला कार्यालय सहयोगीलाई प्रमुखले दिए यातना

भूषाल यसो भन्छन्

logo
प्रकाशित २०७३ मंसिर १ बुधबार
Kolenika-dailekh.jpeg

दैलेख । कोष तथा लेखा नियन्त्रण कार्यालय दैलेखका प्रमुख सूर्यप्रसाद भुसालले आफ्नै महिला कार्यालय सहयोगीलाई मानसिक यातना दिएर कार्यालयबाटै निकालिएको आरोप लागेको छ । गएको भदौ महिनादेखि कार्यालयमा कार्यालय सहयोगीको पदमा नियुक्ति पाएकी रञ्जना थापाले आफुलाई कुशलतापूर्वक काम गर्दा गर्दै बारम्बार मानसिक टर्चर दिएर जागिरबाट निकालिएको बताइन् ।

पुससम्म काम गर्ने नियुक्तिपत्र भएपनि कार्यालय प्रमुखले आफुलाई टर्चर दिएर निकालेको आरोप थापाले लगाईन् । उनका अनुसार नियुक्तिपत्रमा कार्यालय समयको काम बाहेक विहान बेलुका पनि काम गरे भत्ता दिईने भनिएको छ । उनले भनेकी छन्,  ‘मलाई कार्यालयको कामसँगै कार्यालय प्रमुखका लागि खाना पकाउने, कपडा धुने र उहाँका छोरा छोरीको दिसा समेत धुने काम गर्न लगायो । त्यति गर्दा समेत मेत प्रमुखले दिनहु टर्चर दिई कार्यालयबाट निकाले ।’

रञ्जनालाई दिएको नियुक्तिपत्रमा कार्यालय खोल्ने बन्द गर्ने, सरसफाई गर्ने, सम्बन्धित डाउँमा चिठीपत्र पुर्याउने उल्लेख छ । यद्यपि, उनीलाई कार्यालय प्रमुखले व्यक्तिगत काममा लगाएका भेटिएको छ ।

‘मैले कार्यालयको काम सकेर खाना पकाउने देखि हाकिम साव र सावनीको कपडा समेत धोए, पीडित कार्यालय सहयोगी थापाले भनिन्, हुँदा हुँदा बच्चाको दिसा समेत धोइदिन गर्दथे । यतिका काम गर्दा समेत मलाई हाकिम सावले तुच्छ बोल्ने, मानसिक टर्चर दिने गर्नु भो । त्यो पनि सहिरहेकै थिए तर, अहिले अफिसमै नआउने भन्नु भयो ।’ आफुलाई विदाको दिनमा समेत काममा लगाउने गरेको पीडितले बताईन् ।

उनले अगाडि थपिन्, ‘विदा र विहान साँझ काम गरे वापत भत्ता नपाए पनि काम गरेकै थिए । त्यसरी काम गर्दा पनि कार्यालयमै नआउनु भनि निकाले ।’ रञ्जनालाई कार्यालयमा अधुरो १० हजार तलवमा नियुक्त गरिएको बताइएको छ ।

पुससम्म काम गर्ने नियुक्ति छ तर, उनलाई दुई महिना अघि नै कार्यालयबाट निकालिएको छ । यसअघि पनि काम गर्न कार्यालय सहयोगीलाई विभिन्न बहानामा मानसिक टर्चर दिएर निकालिएको बासी गाविसका भुपेन्द्र शाही र निशा शाहीले बताए ।

उनीहरु पनि हाकि पीडित नै हुन् । शाहीले भने, ‘२४ घण्टा काममा लागाउने र त्यतिकै मानसिक दबाब दिइरहने भएका कारण काम गर्न नसकेर छोडे ।’ अहिले आफ्नै व्यवसायबाट सन्तुष्ट रहेको उनको भनाई छ ।

उनले व्यापारबाट अहिले राम्रै जीविकोपार्जन भइरहको उनले सुनाए ।  यस्तै, थापाले न्याय नपाए कानूनी बाटो रोज्ने बताएकी छन् ।

भूषाल यसो भन्छन्

कोलेनिका प्रमुख भूषालले आफुबारे लगाइएको आरोपको खण्डन गरेका छन् । उनले हाम्राकुरासँग कुरा गर्दै भने, ‘पीडित भनिएकी महिला दुई महिना अघि देखि कार्यालय सहयोगिका रुपमा कार्यालयमा प्रवेश गरेकी हुन् । उनले पछिल्लो आइतबारबाट कार्यालय आउनै छाडेकी छन् ।’

भूषालले आफुमाथि पूर्वाग्रह राखेर आरोप लगाइएको भन्दै, अगाडि थपे, ‘उनी एक सामान्य नभएर नेताकी बहिनी पनि हुन् । एकल महिला भएका कारण हामीले उनलाई नै राहत होस् भनेर निकै मिहिनेत गरेर राखेका हौँ ।’

कुनै पुरुषले महिलालाई दुरुपयोग गरेको भन्नुले के बुझिन्छ ? त्यो  पत्रकार आफैले बुझ्ने कुरा हो, भूषाले भने, ‘त्यस्तो दुरुपयोग गर्नका लागि म आफै परिवारसँग बस्दै आएको मान्छेले गर्छ ?’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ