arrow

गर्भवतीको उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ५ शनिबार
delivery-relief-helicopter.jpg
तस्बिर-फाइल

म्याग्दी । म्याग्दीको विकट धवलागिरि गाउँपालिका-४ मुदीबगरकी एकजना गर्भवतीको शुक्रबार हेलिकोप्टरमा उद्धार गरिएको छ ।

गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र धवलागिरि गाउँपालिकाको समन्वयमा बगरगाउँकी तुलसा बुढाथोकीलाई उद्धार गरिएको हो ।

धवलागिरि गाउँपालिकाको स्वास्थ्य शाखाका सहसंयोजक अनिषा आचार्यले बिहीबार साँझ ६ बजेदेखि प्रसूति व्यथाले लागेपछि पेटमा रहेको बच्चाको धड्कन पनि अनियमित भएकाले तत्काल ‘एयरलिफ्ट’ गरेर पोखरा लगिएको बताइन् ।

“पाठेघर खुल्न विलम्ब, रक्तचाप कम हुँदै गएको र बच्चाको धड्कन अनियमित भएको हुँदा हेलिकप्टरमा पोखरा पठाएका थियौँ”, उनले भनिन्, “पोखराको गण्डकी अस्पतालमा अपराह्न बुढाथोकी सुरक्षितरूपमा सुत्केरी हुनुभएको छ ।”

आमा र बच्चाको अवस्था खतरामुक्त रहेको अस्पतालका चिकित्सकलाई उद्धृत गर्दै उनले बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ