arrow

पुनःसंरचनाको विषयलाई लिएर संखुवासभामा झडप, प्रहरीद्वारा अश्रुग्याँस प्रहार

logo
प्रकाशित २०७३ मंसिर १ बुधबार
sankhuwasabha,,.jpeg

खाँदवारी । स्थानीय तह पुनःसंरचानाको विषयलाई लिएर संखुवासभाको माम्लिङ गाविसमा प्रदर्शनकारी र प्ररहीबीच झडप भएको छ ।

झडपलाई नियन्त्रणमा लिनप्रहरीले केही सेल अश्रुग्याँस प्रहार गरेको छ । माम्लिङ गाविससँगै अन्य तीन गाविसलाई समेटेर प्रस्ताव गरिएको नगरपालिकाको केन्द्र स्थापना कहाँ गर्ने भन्ने विषयमा विवाद सिर्जना भएपछि केहीदिन यता माम्लिङमा विरोध हुँदै आएको स्थलमै रहेका प्रहरी निरीक्षक छविराम भट्टराईले हाम्राकुरालाई जानकारी दिए ।

झडप केही नियन्त्रण बाहिर जाने देखिएपछि स्थिति सामान्य बनाउन प्रहरीले अश्रुग्याँस प्रहार गरेको निरीक्षक भट्टराईले बताए । प्रदर्शकारीको प्रहारबाट एक जना सवारी यात्रु  सामान्य घाइते भएको प्रहरीले जनाएको छ । स्थिति नियन्त्रण्मा आइसकेको निरीक्षक भट्टराईले जानकारी दिए ।

यस्तै, स्थानीय तह पुनःसंरचानको विषयलाई लिएर केही दिन अघि बर्दियामा समेत झडप भएको थियो । बर्दियामा बबईलाई ओझेलमा पारिएको भन्दै भएको प्रदर्शनमा झडप भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ