arrow

बस र ट्रक ठोक्किँदा २० जनाभन्दा बढी घाइतेमध्ये तीन गम्भीर 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ५ शनिबार
bus-truck-collide-2080-11-0.jpg

मलेखु । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ हिलटप मोडमा बस र ट्रक एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । 

काठमाडौँबाट तीर्थयात्री बोकेर चितवनतर्फ गइरहेको बस र विपरीत दिशाबाट आइरहेको ट्रक हिलटप मोडमा शनिबार बिहान ठोक्किँदा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले राससलाई जानकारी दिए । 

घाइतेको मलेखुको राजमार्ग अस्पताल र मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको जैसवारले बताए । घाइतेको विवरण भने आउन बाँकी रहेको छ । बसमा ३० जना तीर्थयात्री सवार थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ