arrow

निष्क्रिय अन्तर्राष्ट्रिय विमानस्थलले बढायो पोखराको चिन्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ६ आइतबार
pokhara-airport-bahas.jpg

पोखरा । नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान तत्काल सुचारु गर्न माग गर्दै आइतबार एक सार्वजनिक सुनुवाइ कार्यक्रममार्फत पोखराबासीले असन्तुष्टि जनाएका छन् ।

राष्ट्रिय एकता अभियान र स्वतन्त्र पत्रकार संघ कास्कीको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा विमानस्थललाई पूर्ण क्षमताअनुरूप संचालन गर्न विभिन्न सरोकारवालाहरूले सरकारलाई आग्रह गरेका छ्न् । 

राष्ट्रिय एकता अभियानका संयोजक विनय यादवले विमानस्थल निर्माणमा पोखराबासीको उल्लेख्य लगानी रहेको बताउँदै विमानस्थलको हालको अवस्थाप्रति निराशा व्यक्त गरे । उनले विमानस्थलको पूर्ण संचालन आजको आवश्यकता रहेको भन्दै सरोकारवालाहरूको ध्यानाकर्षण गराएका थिए।  

सुनवाइमा प्रमुख वक्ताको रूपमा उद्योग वाणिज्य संघ का पूर्व केद्रीय अध्यक्ष आनन्दराज मुल्मी, विश्लेषक युगनाथ शर्मा पौड़ेल, पर्यटन विशेषज्ञ वासुदेव त्रिपाठी, समाजसेवी कुमार राना, पत्रकार महासंघ कास्कीकी जिल्ला अध्यक्ष विमला भण्डारीलगायतले बोलेका थिए ।  

स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष असफल गौतमले कार्यक्रममा विभिन्न आवाजहरू सुनिने र सरोकारहरूलाई प्रभावकारी रूपमा सम्प्रेषण गर्ने सुनिश्चित गर्दै कार्यक्रमको सञ्चालन गरेका थिए ।

पोखराबासीहरूको सामूहिक सन्देश स्पष्ट थियो कि अन्तर्राष्ट्रिय विमानस्थलको निष्क्रियता अस्वीकार्य हुनेछ र यसको सञ्चालनमा बाधा पुर्‍याउने तत्बहरूलाई सम्बोधन गर्न तत्काल कदम चाल्नु आवश्यक छ।

जनवरी २०२३ मा विमानस्थलको औपचारिक उद्घाटन भए पनि अन्तर्राष्ट्रिय उडान नहुँदा पोखरा बासिन्दाहरू निराश छ्न् । अर्कोतर्फ विमानस्थल निर्माणको लागि लिइएको ऋणको बारेमा समेत स्थानीय मात्र नभई पूरा देश चिन्तित छ । तसर्थ सो कार्यक्रमबाट राष्ट्रलाई परेको आर्थिक भार कम गर्दै चीनबाट लिइएको ऋणलाई अनुदानमा परिणत गर्न वक्ताहरूले सरकारलाई आग्रह गरे ।

त्यस्तै एयरपोर्टको निर्माण प्रक्रियामा भ्रष्टाचार भएको आरोपहरूबारेसमेत आवाज उठाउँदै वक्ताहरूले पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न गहन छानबिनकोसमेत माग गरेका छ्न् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ