काठमाडौं । काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत यु होङ्गले बूढानीलकण्ठ पुगेर भेट गरेकी छन् ।
भेटघाटका क्रममा दुबैबीच दुई देशको आपसीहित र नेपालको समसामयिक राजनीतिक विषयवस्तुबारे छलफल भएको नेपाली काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । रासस