arrow

राजनीतिक इतिहासमा फागुन ७ को विशिष्ट महत्व छ : प्रदेश प्रमुख गुरुङ

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ७ सोमबार
Prithiviman gurung.jpg

पोखरा । गण्डकी प्रदेश प्रमुख गुरुङले नेपालको राजनीतिक इतिहासमा ७ फागुनको विशिष्ट महत्व रहेको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र दिवस-२०८० को अवसरमा शुुभकामना सन्देश जारी गर्दै उनले ‘समृद्धिको सपना, समावेशीताको जग, राष्ट्रियता र प्रजातंन्त्रको अन्योन्याश्रित सम्बन्ध हुँदै २०४६ को परिवर्तन र ०६२/६३ को आन्दोलनमार्फत संघीयता र गणतन्त्र सम्मको यात्राको जननी त्यही फागुन ७ को क्रान्ति नै हो’, उल्लेख गरेका छ ।

उनले प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको उल्लेख गरे ।

उनले प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौं संघर्षमा अमूल्य जीवन गुमाएका ज्ञात अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनमा भाग लिनेक्रममा बेपत्ता, घाइते एवं अंगभंग व्यक्तित्वप्रति सम्मान प्रकट गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ