arrow

फिडेल क्यास्ट्रो र भियतनामका राष्ट्रपतिवीच भेटवार्ता

logo
प्रकाशित २०७३ मंसिर १ बुधबार
On-his-90th-Birthday-Cuba-pay-tributes-to-former-leader-Fidel-Castro.jpeg
हवाना (क्युवा)। क्युबाका पूर्व नेता फिडेल क्यास्ट्रोले भियतनामका राष्ट्रपति ट्रान दाई क्वाङ्गसंग भेटवार्ता गरेका छन् । दुई दाजुभाईको जस्तो आत्मियतापूर्वक उनिहरुको भेटवार्तामा दुई देशको आर्थिक तथा सामाजिक बिकासका बारेमा छलफल भएको क्युबा समाचार संस्थाले जनाएको छ । 
 
साथै जलबायु परिवर्तन, मानवताविरुद्धका चुनौतीहरु, विभिन्न क्षेत्रमा भएका युद्धहरु, विश्वको जनसङ्ख्या बृद्धि र खाद्य सङ्कटलगायतका विषयमा पनि दुईबीच गम्भीर छलफल भएको समाचारमा जनाइएको छ । 
 
उनिहरुले क्युबा र भियतनामका साझा संघर्षका विषयहरुमा विजयी हुने उच्च मनोवलसमेत प्रकट गरेका छन् । क्युबा क्रान्तिका ऐतिहासिक नेता क्यास्ट्रोलाई भियतनामको भ्रमण र एसियाली देशका नेताहरुसँगको भेटवार्ताका लागि क्वाङ्गले निमन्त्रणासमेत दिएका छन् । 
 
उनले पेरुमा हुने एपेकका नेताहरुको बैठकमा भागलिन जाने क्रममा क्यास्ट्रोलाई भेटेका हुन् भने बैठकबाट फर्किने क्रममा क्युबाका अर्का नेता भेट्नेछन् ।सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ