arrow

कांग्रेस महासमिति बैठक

कोशीमा कांग्रेसले पहिचानको मुद्दालाई नजरअन्दाज गर्न सक्दैन : शेखर कोइराला

अनावश्यक विषयमा महासमिति बैठकमा प्रस्तुत नहुन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ७ सोमबार
shekhar-congress-mahasamiti-meet-2080-11-07-.jpg

ललितपुर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशीमा कांग्रेसले पहिचानको मुद्दालाई नजरअन्दाज गर्न नसक्ने बताएका छन् । 

महासमिति बैठकमा सहभागी कोशी प्रदेशका जिल्ला सभापतिहरूसँग संवाद गर्दै उनले यस्तो बताएका हुन् । 

नेता कोइरालाले  प्रदेशको नाम विधिसम्वत् टुङ्गिएको र यसलाई परिवर्तन गर्न कांग्रेससँग दुई तिहाइ मत नभएको जानकारी जिल्ला सभापतिहरूलाई दिएका छन् ।

महासमिति बैठकमा भाग लिन काठमाडौं आएका कोशी प्रदेशका जिल्ला सभापतिहरूसँग संवाद गर्दै उनले पहिचानको मुद्धलाई कांग्रेसले हल्लका रूपमा छाड्न नहुने बताएको छलफलमा सहभागी मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बुले जानकारी दिए ।

साथै, नेता कोइरालाले अनावश्यक विषयमा महासमिति बैठकमा प्रस्तुत नहुन र पार्टीलाई रूपान्तरण मुद्दाहरूलाई प्राथमिकता दिएर उठान गर्नुपर्ने बताएको लिम्बुले जानकारी दिए ।

“उहाँले महासमिति बैठकमा उठान गर्नुपर्ने विषयमा हामीसँग छलफल गर्नुभयो । साथै कोशीको नाम र पहिचानवादीहरूको विषयमा समेत धेरथोर कुरा भयो,” उनले भने ।

यस्तै नेता कोइरालाले आज बिहान सुदूरपश्चिम प्रदेशका जिल्ला सभापतिहरूसँग आवश्यक छलफल गरेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ