कावासोती । कावासोती-११ को लोकाहा खोला किनारमा पाँच वटा गिद्ध मृत फेला परेका छन् ।
४ वटा डङ्गर प्रजाती र एक वटा हिमाली प्रजातीको गिद्ध मृत फेला परेको छ भने एक वटा सुन गिद्ध र छ वटा डंङ्गर प्रजातिको गिद्ध बिरामी अवस्थामा फेला परेका छन् । बिरामी मध्ये एक वटा डङ्गर गिद्धको अवस्था गम्भीर रहेको छ ।
मरेको स्यालको सिनो खाएर गिद्ध मरेका हुन । गिद्ध मरेको स्थानमा दुई वटा मरेको स्यालको सिनो समेत फेला परेको छ ।
लोकाहा खोला किनारमा गिद्ध मृत देखे पछि स्थानीयले जटायु रेस्टुरेन्टमा खबर गरेका थिए ।मरेका गिद्धको मंगलबार पोस्टमार्टम गरिने तथा बिरामी गिद्धलाई घटनास्थलमा प्राथमिक उपचार पछि जटायु रेस्टुरेन्ट लगेर उपचार गरिने अध्यक्ष चौधरीले बताए ।