arrow

कृषि विकास बैंकको साधारण सभा ३० फागुनमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ८ मंगलबार
krishi-bikash-bank.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । कृषि विकास बैंकले वार्षिक साधारण सभा बोलाएको छ । फागुन ३० गते सत्रौं सधारण सभा बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  

सभा प्रयोजनार्थ बैंकले फागुन १७ गते शनिबारदेखि फागुन ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, फागुन १५ गतेसम्म कायम शेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् । फागुन १६ गते शुक्रबार परेकाले शेयर कारोबार हुँदैन ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतमा पनि छलफल हुनेछ । इक्विटीमा भएको परिवर्तन, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।

त्यस्तै बैंकको सहायक कम्पनीहरु कोष व्यवस्थापन कम्पनी तथा गोबर ग्यास कम्पनीको गत आवको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने प्रस्ताव छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ