arrow

सिरियामा आइएसविरुद्धको आक्रमण क्रममा ३२ जनाको मृत्यु

logo
प्रकाशित २०७३ मंसिर २ बिहिबार
allepo.png
एलेप्पो । सिरियाको एलेप्पोस्थित उपचार केन्द्रहरुमा बनाइएको पछिल्लो निशानामा कम्तीमा २१ जनाको मृत्यु भएको छ । 
 
बाल अस्पताल, रक्त सञ्चार केन्द्र र एम्बुलेन्सलाई निशाना बनाइ भएको हवाई आक्रमणमा पाँच बालबालिकासहित २१ जनाको मृत्यु भएको हो ।
 
विद्रोही संगठन इस्लामिक स्टेट आइएसको नियन्त्रणमा रहेको एलेप्पोको पूर्वी क्षेत्रमा रहेको बायाल बाल अस्पताल, रक्त सञ्चार केन्द्र र एम्बुलेन्समा सरकारी सेनाले आक्रमण गरेको हो ।
 
बेलायतस्थित अधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राईट्सले घटनामा दुई दिनको अवधिमा ३२ जनाको मृत्यु भएको जनाएको छ ।
 
आक्रमणबाट बायान बाल अस्पताल पूर्णरुपमा क्षतिग्रस्त भएको छ । आक्रमणमा एक जना चिकित्सकको समेत मृत्यु भएको बताइएको छ ।
 
 
सिरिया सरकारलाई सहयोग गरिरहेको रुसले युद्धविरामपछि मंगलबारबाट यहाँ हवाई आक्रमण गरिरहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ