arrow

पञ्चकोट महायज्ञमा राष्ट्रपति, जलसम्पदा संरक्षणमा जोड 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १० बिहिबार
ramchandra-ghanta-80-11-10.jpg

बागलुङ । राष्ट्रपति रामचन्द्र पौडेल बागलुङ नगरपालिका –६ स्थित सर्वसिद्धीधाम पञ्चकोटमा जारी अनन्तश्री ब्रह्माण्डीय महायज्ञ कार्यक्रममा सहभागी भएका छन् । 

राष्ट्रपति पौडेलले महायज्ञअन्तर्गत पञ्चकोटमा राखिएको पाँच हजार पाँच सय ५५ किलोको महाघण्टको बिहीबार बिहान एक समारोहकाबीच शुभारम्भ गरे । 

विश्वमा शान्तिको सन्देश दिने अभिप्रायले देशदर्शन गरेर सो महाघण्ट पञ्कचकोटमा स्थापित गरिएको जनाइएको छ । उनले यज्ञ मण्डपको दर्शन र महायज्ञ सफलताको शुभकामना व्यक्त गरे । 

सो अवसरमा बोल्दै राष्ट्रपति पौडेलले नेपालका नदीहरु पवित्र रहेको र महायज्ञले जल संम्पदालाई बचाउन महत्वपूर्ण भूमिका खुल्ने बताए । मानव सभ्यताका  लागि पानी अर्थात् जलको महत्वपूर्ण भूमिका भएको भन्दै पानीका श्रोत संरक्षणमा उनले जोड दिए । 

 “राष्ट्र शान्ति, राष्ट्र उन्नति नेपालको जल र प्रकृतिको संरक्षण बाटै संभव छ, नदी सभ्यता जोगाएर धार्मिक पर्यटन मार्फत मुलुकको आर्थिक विकास गर्न सकिन्छ, विशेषत कालीगण्डकी नदीको सभ्यता र जलको संरक्षणमा ध्यान दिनु आवश्यक छ”, उनले भने । 

धौलागिरी क्षेत्रमा पछिल्लो समय पञ्चकोटको महत्व र महिमा बढेको उनले उल्लेख गरे ।  “धौलागिरी क्षेत्र तपोभूमि हो, मुक्तिक्षेत्र, दामोदर कुण्ड, गलेश्वरधामसँगै अहिले पञ्चकोटको नाम आइरहेको छ, म पहिला शालग्राम संग्रहालय आएको थिएँ, महायज्ञले धार्मिक प्रसार, जल सम्पदा, शालग्राम जोगाउन योगदान पुग्नेछ”, उनले भने । 

पञ्चकोटका संस्थापक मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको आह्वानमा शुरु भएको महायज्ञको मुक्तिनाथदेखि नवलपरासीको त्रिवेणीधामसम्मका एक सय आठ कन्याबाट महायज्ञ शुभारम्भ गरिएको हो । 

पञ्चकोटलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने उद्येश्यले आयोजित महायज्ञ यही फागुन २३ गतेसम्म चल्नेछ । 

महायज्ञका लागि देशभरबाट साधुसन्तहरुको आगमन भएको र भारतलगायतका देशबाट आउनेक्रम जारी रहेको जनाइएको छ । विभिन्न संघ संस्थाको सहयोगमा महायज्ञमा पुग्ने भक्तजनहरुका लागि भोजन र बासको व्यवस्था गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ