arrow

सुरक्षित मातृत्व सञ्जालमा डा आरजु देउवा

logo
प्रकाशित २०७३ मंसिर २ बिहिबार
aarzu-deuba.jpeg
काठमाडौँ । सुरक्षित मातृत्व सञ्जाल महासङ्घ नेपालको चौथो केन्द्रीय महाधिवेशन तथा नवौँ वार्षिक साधारणसभाले डा आरजु राणा देउवाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । 
 
कात्तिक २८ देखि मङ्सिर १ गतेसम्म काठमाडौँमा सम्पन्न महाधिवेशनमा नयाँ कार्यसमितिको उपाध्यक्षमा विष्णुराज नेपाल, महासचिवमा रवीन्द्रबहादुर प्रधान, कोषाध्यक्षमा सुनिल श्रेष्ठ र उपमहासचिवमा प्रशिस महरालाई निर्वाचित गरेको छ । 
 
सदस्यमा कृष्णजङ्ग शाह, गोपालप्रसाद पन्थी, मीना सुब्बा, जयवीर शाह, किरण बज्राचार्य, रजनी केसी, राधिका भुजेल, डा डिला सङ्ग्रौला (पूर्वाञ्चल), शोभा रिजाल (मध्यमाञ्चल) ओमकला गौतम (पश्चिमाञ्चल), सीता राना (मध्यपश्चिमाञ्चल) र मानबहादुर चन्द (सुदूर पश्चिमाञ्चल) चयन भएका छन् । 
 
महासङ्घले विगत २० वर्षदेखि महिलाको प्रजनन अधिकार स्थापित गर्नका लागि कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा ७२ जिल्लाका एक सय २० प्रतिनिधिको सहभागी थिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ