arrow

कांग्रेस महासमिति बैठक

महासमितिमा पेश भएका महामन्त्री थापासहितका चार प्रस्ताव सर्वसम्मतिले पारित 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १० बिहिबार
congress-80-11-10c.jpg

गोदावरी । नेपाली कांग्रेसको गोदावरीमा भएको महासमिति बैठकमा पेश गरिएका चार वटा प्रस्तावहरु सर्वसम्मतिले पारित भएका छन् । उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले पेश गरेको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेले पेश गरेको लेखा परीक्षण प्रतिवेदन सर्वसम्मतिले पारित भएका हुन् । 

महामन्त्री थापाले चार वटै प्रस्ताव पारित गरिदिन गरेको आग्रहमा महासमिति सदस्यहरुले ताली बजाएर कांग्रेस केन्द्रीय समितिले अनुमोदन गर्ने गरी चार वटै प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ