मित्रमिलन सहकारीको रकम हिनामिना प्रकरणमा पत्रकार गिरी जेल चलान
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १० बिहिबार
1k
Shares
पोखरा । प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष अर्जुन गिरी पुर्पक्षका लागि जेल चलान भएका छन् ।
पोखरास्थित मित्रमिलन सहकारीको रकम हिनामिना प्रकरणमा जोडिएका गिरीलाई जिल्ला अदालत कास्कीले मुद्धा हेर्दा हेर्दैमा राखेर पुर्पक्षका लागि थुनामा पठाएको हो ।
सहकारी प्रकरणमा पक्राउ पुर्जी जारी भएसँगै उनी मंसिरदेखि फरार भएका थिए ।
गिरी बुधबार आफै अदालतमा हाजिर भएका थिए । बुधबार मुद्धा हेर्न नभ्याएपछि उनलाई प्रहरी हिरासतमा राखिएको थियो ।