arrow

मन्त्री ज्वालालाई फिर्ता बोलाउनु अघि एसले माग्यो बालकुमारी घटनाको प्रतिवेदन

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ११ शुक्रबार
prakash-jwala-2080-09-16.jpg

काठमाडौँ ।  भौतिक योजना तथा निर्माणमन्त्री प्रकाश ज्वालालाई  फिर्ता बोलाउनु अघि एकीकृत समाजवादी एसले बालकुमारी घटनाको प्रतिवेदन सरकारसँग मागेको छ । एसको सचिवालय बैठकले सरकारसँग बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न माग गरेको हो ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बिहीबार भएको बैठकमा प्रतिवेदनको थप अध्ययनपछि मन्त्री ज्वालालाई वा पार्टीलाई नै सरकारबाट फिर्ता बोलाउने विषयमा पार्टीले निर्णय लिने समझदारी भएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । गत पुस १३ गते बालकुमारी घटनामा दुई युवकको मृत्यु भएको थियो ।

गत पुस १३ गते बालकुमारी घटनामा आयोगले मन्त्री ज्वालालाई दोषी ठहर गरेको छ । जाँचबुझ आयोगले मन्त्री ज्वालासहित तीन जनालाई दोषी ठहर गरेपछि उनीलाई राजीनामा गराउन पार्टीमा केही नेताहरूले माग गरेका छन्  ।

यता बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरूले सरकारले बालकुमारी घटना प्रकरणमा बेवास्ता गरेको आरोप लगाउँदै प्रतिवेदन सार्वजनिक गर्न माग गरेर संसद अवरोध गरेसँगै सभामुख देवराज घिमिरेले सरकारलाई घटनाको बारेमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ