arrow

चाँगुनारायणमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, ४६३ लाभान्वित

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १२ शनिबार
kmc-free-camp-80-11-11.jpg

काठमाडौँ । काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) ले भक्तपुरको चाँगुनारायणमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । 

चाँगुनारायण नगरपालिका वडा नं २ को आयोजनामा वडा स्वास्थ्य चौकीमा भएको निःशुल्क शिविरमा ४६३ बिरामी लाभान्वित भएका छन् । 

केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले दिएको जानकारी अनुसार ३२ जनाको ईसीजी, ७८ जनाको भिडियो एक्सरे, ६७ जनाको ल्याब परीक्षण तथा गरिएको थियो । २३ जनाको ईको गरिएको थियो ।

त्यस्तै २३ जनाको दाँत खोलिएको थियो भने ३२ बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ । 

नेपाली कांग्रेसका सांसदसमेत रहेका डा. सुनील शर्माले सम्हालेपछि केएमसीले सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 



नयाँ