बझाङको चैनपुर–ताक्लाकोट नाका खोल्न चीन सरकारसँग कुरा गर्छु : प्रधानमन्त्री
प्रकाशित २०७३ मंसिर २ बिहिबार
937
Shares
काठमाडौं । बझाङबाट प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न आएको सर्वदलीय टोलीले जिल्लाको विकास निर्माण र जनजीविकाबारे ध्यानाकर्षण गराएको छ ।
विहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा सर्वदलीय टोलीले डढुवा रोगका कारण जिल्लाका अधिकांश स्थानको खाद्यान्न उत्पादनमा ह्रास आएको भन्दै कामका लागि खाद्यान्न कार्यक्रममा बझाङ जिल्ला पनि समावेश गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गरयो ।
टोलीले जिल्ला दैवी प्रकोप उद्धार कोषमा रकमको अभावले तत्काल उत्पन्न हुने समस्या सम्बोधन गर्न नसकिएको भन्दै केन्द्रीय दैवी प्रकोप समितिबाट थप बजेटको व्यवस्था गरी दिन समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गयो । केन्द्रीय दैवी प्रकोप कोषको अध्यक्ष प्रधानमन्त्री नै हुन्छ ।
भेटमा प्रधानमन्त्रीले प्रतिनिधि मण्डलले उठाएका माग उपयुक्त र संवेदनशील रहेको भन्दै सम्बन्धित मन्त्रालय र विभागका अधिकारीहरुलाई बोलाएर यसबारे छलफल गर्ने र चैनपुर–ताक्लाकोट उत्तर दक्षिण नाका खोल्न चीन सरकारसँग कुरा गर्ने बताए ।