arrow

वीपी कोइराला क्यान्सर अस्पतालको यस्तो रहेछ विजोग (विज्ञप्तिसहित)

logo
प्रकाशित २०७३ मंसिर २ बिहिबार
BP-memo-hospitol.jpeg

काठमाडौं । चितवनस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रोग परीक्षण तथा उपचारका लागि आवश्यक पर्ने सामान्य सामग्रीहरु समेत नभएको देखिएको छ ।

अस्पतालमा सामान्य सामानहरुको व्यवस्था नहुँदा उपचारमा कठिनाई भएको भन्दै स्वास्थ्यकर्मीहरुको युनियन नेपाल स्वास्थ्यकर्मी संघले व्यवस्थापन पक्षको ध्यानाकर्षण गराएको छ । संघले वीपी कोइराला क्यान्सर अस्पताल सुधार अभियान २०७३ नाम दिएर दबाब नै सुरु गरेको छ ।

संघको वुधबार बसेको आकस्मिक बैठकले अस्पतालमा सामान्य सामग्री बेड कभर, सरसफाइका सामान, रेडियोलोलीका रिपोर्ट राख्ने झोला समेत नभएको भन्दै अस्पताल सुधारको लागि भन्दै अभियान नै संचालन गर्ने निर्णय गरेको संघका सचिव रमेश शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, उनीहरुले बढेको तलब हाल सम्म पनि उपलब्ध नगराएको गुनासो गरेका छन् । नेपाल सरकारको निर्णय अनुसार २०७३ साल साउन देखि वृद्धि भएको तलब, भत्ता र अस्पताल नियमावली अनुसार एक दिन बराबरको ग्रेड रकम अस्पतालमा कार्यरत कर्मचारीहरुलाई हाल सम्म पनि उपलब्धन नगराइएको विज्ञप्तिमा उल्लेख छ । केही साता अघि मात्रै स्वास्थ्यमन्त्री गगन थापा र त्यपछि प्रधानमन्त्री पुष्पकमल दाहालले अस्पतालको निरीक्षण गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ