arrow

नेतालाई सम्मान र कारबाही गर्न बस्ने भनिएको माओवादीको बैठक सर्‍यो 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १३ आइतबार
maobadi-kendra-maoist-centre.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । आइतबार बिहानका लागि बोलाइएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने गरी आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक आइततबार दिउँसो ३ बजेका लागि सारिएको माओवादी केन्द्रले जनाएको छ । 

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण गत शुक्रबार स्थगित गरिएको स्थायी समिति बैठक आइतबार बिहानका लागि बोलाइएको थियो । 

बैठकमा पदाधिकारीसहित नेताहरुको जिम्मेवारी हेरफेर गर्ने, तराई मधेश अभियानका लागि कार्यविभाजनका विषयमा छलफल हुनेछ । 

माओवादीले रूपान्तरण अभियानमा सक्रिय रहेका तीन नेतालाई सम्मान र कमजोर कार्यसम्पादन गर्ने नेतालाई सजाय गर्ने पनि जनाइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ