arrow

नापी कार्यालयमा सिन्धुलीमा डिजिटल प्रविधी मार्फत सेवा

logo
राजन परियार,
प्रकाशित २०७३ मंसिर २ बिहिबार
napisakhasindhuli.jpeg
सिन्धुली। पुर्ननिर्माण अनुदान लिन आफ्नो नाममा जग्गा हुनुपर्ने भएपछि बाबुको नामबाट आफ्ना तिनदाजुभाईका नाममा कित्ताकाट गरी जग्गा नामसारी गर्न सिन्धुलीमाढी आइपुगेका डुडभञ्ज्याङ्ग गाविसका स्थानीय सोमप्रसाद बरालले नापी कार्यालय पुग्दा पहिलेको जस्तो हैरानी व्यहोर्नु नपरेको वताए । सहज रुपमा उनको कित्ताकाटको काम सकियो त्यो पनि पुरानै तरिकाबाट होइन डिजिटल प्रविधि मार्फत । 
 
सहज र गुणस्तरिय सेवा पाएपछि बरालले खुसीव्यक्त गर्दै भने, सरकारी कार्यालयहरु यसरी नै प्रविधी मैत्री भएमा सेवाग्राहीले हैरानीपनि व्यहोर्नुपर्ने थिएन र समयको पनि बचत हुने थियो । हैरानी भोग्नु नपरेको र छिटो काम भएकोमा उनी निक्कै खुसी देखिन्थे । त्यसो त उनी मात्र होइन अहिले नापी कार्यालय पुग्ने हरेक सेवाग्राहीले डिजिटल प्रविधी मार्फत सेवा पाउने गरेका छन् ।
 
आफ्नो सेवालाई प्रभावकारी र सेवाग्राही मैत्री बनाउन  सरकारी कार्यालयहरुले प्रविधीमैत्री सेवा विस्तार गर्ने क्रम चलिरहेको बेला नापी कार्यालय, सिन्धुलीले पनि आफ्ना सेवाग्राहीहरुलाई डिजिटल प्रविधि मार्फत सेवा प्रदान गर्न सुरु गरेपछि दैनिक दर्जनौं सेवाग्राहीले यो सेवा उपभोग गर्न पाएका हुन् । कार्यालयले सेवाग्राहीलाई छिटो छरितो र गुणस्तरिय सेवा प्रदान गर्न डिजिटल प्रविधी मार्फत कित्ताकाट, नक्सा तयार गर्ने काम सुरु गरेको हो । डिजिटल प्रविधि मार्फत सेवा प्रदान गर्दा सेवाग्राही र कार्यालय दुवैलाई सहजहुने गरेको कार्यालय प्रमुख छत्र बहादुर लुंगेली मगरले बताए ।  उनले भने, ‘अहिले नक्सा सम्बन्धी सम्पूर्ण काम कम्प्यूटरबाट नै हुन्छ, पुरानो प्रविधीलाई आउँदो एक वर्षमा पूर्ण रुपमा हटाउने हाम्रो लक्ष्य रहेको छ ।’ पुरानो मेनुअल(मानिसले कामगर्ने प्रविधी)बाट डिजिटल प्रविधीमार्फत सेवा प्रदान गर्दा कार्यालयका कर्मचारी र सेवाग्राही दुवै सन्तुष्ट रहेको कार्यालय प्रमुख मगरले बताए । 
 
हाल जिल्लाका १४ गाविसको पुरानो कित्ताकाट नक्सा कम्प्यूटरमा अपडेट गर्ने काम सकिएको र जिल्लाका सवै गाविस तथा नगरपालिकाहरुको डाटा कम्प्यूटरमा इन्ट्री गरीसकेपछि पूर्ण रुपमा डिजिटल प्रविधीमा लैजाने तयारी रहेको कार्यालयले जनाएको छ । कार्यालयले आवश्यक सामाग्री र जनशक्तिको व्यवस्था गरी गत जेठ महिनाबाट डिजिटल प्रविधी मार्फत सेवा प्रदान गर्न सुरु गरेको हो । कार्यालयमा हाल ३ जना दक्ष प्राविधीक जनशक्ति मार्फत कित्ताकाट, नक्सापास लगायतको कार्य भइरहेको समेत कार्यालय प्रमुख मगरले जानकारी दिए ।
 
गत वर्ष गएको बिनासकारी भुकम्प पछि सरकारी अनुदान लिन जग्गा अंशवण्डा गर्नेहरुको संख्यामा बृद्धि सँगै नापी कार्यालयमा कित्ताकाट गर्नेहरुको संख्यामा पनि भारी बृद्धि भएको छ । भुकम्प प्रभावित गाविसका सेवाग्राहीहरुको भीडभाड वढी रहेको जनाइएको छ । कार्यालयका अनुसार पछिल्लो तीन महिनामा २ हजार १ सय ७६ कित्ताकाटको काम भएको छ । अघिल्ला वर्षहरुमा २ वर्ष लगाएर हुने काम यस वर्ष २ महिनामै भएको कार्यालय प्रमुख मगरले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ