arrow

मिटरब्याजी पीडितको समर्थनमा राप्रपा

सोमबार संसद अवरुद्ध गर्ने राप्रपाको चेतावनी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १३ आइतबार
rpp-meterbyaji-sambodhan.jpg

काठमाडौँ । सडक आन्दोलनमा रहेका मिटरब्याजी पीडितलाई तत्काल वार्तामा नबोलाए राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सोमबार संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ । आइतबार मिटरब्याजी पीडितहरूलाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सरकारलाई यस्तो चेतावनी दिएका हुन् । 

उनले सरकारले संसद बस्नु भन्दा अगाडि पीडितहरूको माग सम्बोधनको लागि वार्तामा बोलाउन माग गरे । उनले सरकारले मिटरब्याजी पीडितका समस्या समाधान गर्न आल्टान नगर्न आग्रह गरे । उनले राप्रपाले संसद्मा पनि कुरा उठाउने र कुरा नसुने संसद अवरुद्ध गर्ने चेतावनी दिए । 

उनले सरकार मिटरब्याजी पीडितको समस्यालाई बाहिर राखेर बस्ने हो भने राप्रपा आफैँ सडक आन्दोलनमा आएर साथ दिने बताए । उनले जनताको समस्या समाधान गर्ने सबैभन्दा पहिलो जिम्मेवारी सरकारको भएको बताए । उनले मिटरब्याजी समस्यामा सरकार उदासीन भएको भन्दै राप्रपा टुलुटुलु हेरेर बस्न सक्ने बताए । 

उनले मिटरब्याजी पीडितको मात्रै समस्या नभएर देशको साझा समस्या भएको बताए । अध्यक्ष लिङदेनले सरकार आँखा भएर पनि नदेख्ने र कान भएर पनि नसुन्ने अवस्थामा पुगेको दाबी गरे । उनले मिटरब्याजी पीडितको न्याय मार्च र हिडाईले मात्रै सरकारको आँखा खुल्ने अवस्था नभएको बताए । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीति भनेको आम जनताको सुख दुःखमा साथ दिने भएको बताए । 

अध्यक्ष लिङदेनले गरिब जनताको मुक्तिको नारा लगाएर १० वर्ष युद्ध चलाएर सत्तामा पुगेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई मिटरब्याजी समस्या समाधान गर्न ढिला नगर्न आग्रह गरे । उनले मिटर ब्याजीका समस्या तत्काल समाधान नगरे आफ्नो पार्टीले संसद्मा पनि प्रदर्शन र मिटरब्याजी पीडितसँग सडकमा पनि आन्दोलन गर्ने बताए ।

उनले भने,‘मिटरब्याजी पीडितको मात्रै समस्या नभएर देशको साझा समस्या हो । यो समस्यामा सरकार स्वयम अग्रसर भएर सम्बोधन गरोस् भन्ने हाम्रो चाहना थियो । तर सरकार आँखा भएर पनि आँखा नदेख्ने, कान भएर पनि कान नसुन्ने अवस्थामा पुगेको छ । मिटरब्याजी पीडितको न्याय मार्च र हिडाईले मात्रै सरकारले सुन्ला जस्तो नदेखिएपछि साथ दिन राप्रपा आएको छ । अरू पार्टी के गर्छन् थाहा छैन । राप्रपा तपाईँहरूको साथमा छ । यहाँ राप्रपा राजनीति गर्न आयो भन्लान् तर हामीलाई राजनीति गर्नेछैन । हाम्रो राजनीति भनेको आम जनताको सुख दुःखमा साथ दिने हो । भोलिबाट नै हाम्रो साथ तपाईँहरूलाई छ । संसद रोक्न परे पनि संसद रोक्छौँ । जनता रोएर सडकमा हिँड्नु परेको छ भने संसद्मा सांसदहरूको भाषणको लागि किन चाहियो । सरकारलाई भन्न चाहन्छु । गरिब जनताको मुक्तिको नारा लगाएर १० वर्ष युद्ध चलाएर सत्तामा पुगेको प्रधानमन्त्री पुष्पकमल दाहाललाई भन्न चाहन्छु । ढिलो नगर्नुस् । भोलिको संसद शुरु हुनुभन्दा अगाडि आन्दोलनका मागलाई सम्बोधन गर्नुस् । नत्र राप्रपा पार्टीले संसद्मा पनि प्रदर्शन गर्छ । मिटरब्याजी पीडितसँग सडकमा पनिसँगै रहन्छ । मिटरब्याजीमो मात्रै कुरा होइन । गणतन्त्र ल्याएको १० वर्षमा मुलुकको न्याय प्रणाली कहाँ छ भन्ने तस्बिर हो ।’

उनले गणतन्त्र ल्याएको १० वर्षमा मुलुकको न्याय प्रणालीबारे प्रश्न गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ