arrow

ईएफएलको उपाधि लिभरपुललाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १४ सोमबार
liverpool-2024.jpg

काठमाडौँ । इङ्गलिश प्रिमियर क्लब लिभरपुलले ईएफएल (काराबाओ) कप फुटबलको उपाधि जितेको छ । गएराति सम्पन्न फाइनल खेलमा अर्को प्रिमियर क्लब चेल्सीलाई १–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले ईएफएल कपको उपाधि जितेको हो ।

लिभरपुलको जितमा खेलको ३० मिनेटको अतिरिक्त समयमा भिर्गिल भान डाइकले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । उनले खेलको ११८औँ मिनेटमा गोल गरेका थिए ।

यो जितसँगै लिभरपुलले ईएफएल कप सबैभन्दा बढी १० पटक जितेको छ ।

ईएफएल कप लिभरपुलपछि म्यानचेस्टर सिटीले ८, म्यानचेस्टर युनाइटेडले ६, चेल्सी र एस्टन भिल्लाले ५(५ पटक जितेका छन् ।
    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ