arrow

सेतीले बगाउँदा एकको मृत्यु, एक बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १४ सोमबार
Seti Nadi.jpg
तस्बिर-फाइल

पोखरा । पोखराको सेती नदीले आइतबार राति बगाउँदा १ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. १ कसेरी बस्ने ४० बर्षका मंगा तामाङ छन् । बेपत्ता हुनेमा ठाउँका ४३ वर्षका रक्सेस तामाङ छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार राति करिब १० बजे ५ जनाको समूहमा महतगौँडा नजिकै माछा मार्न सेतीमा पसेका थिए । सोहीक्रममा घटना भएको हो । सँगै गएका अन्य ३ जना भने सकुशल छन् ।

नदीमा बगेर बेपत्ता भएको भन्ने सूचना पाएपछि कास्की प्रहरी र सशस्त्र प्रहरी बल कालिका गणबाट खटिएको टोलीले मंगाको शव फेला पारेको हो । रक्सेसको अवस्था अझै अज्ञात छ । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए ।

उनका अनुसार राति करिब १०ः३० बजे मंगा ढुंगामा अड्किएको अवस्थामा देखिएपनि राति १ बजेमात्रै निकाल्न सफल भएको थियो । उनको शवलाई पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

मंगा र रक्सेससँगै कुमार तामाङ, शम्शेर तामाङ लामा र रोहित कुँवर माछा मार्न नदीमा पसेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ