arrow

रिसाए बस्नेत

राजीनामाको कुरा उठाएपछि यसरी खनिए मन्त्री बस्नेत [भिडियो]

नेपालको कानूनमा कसैलाई दोषी करार गर्नका लागि भनि दिएमात्रै पुग्छ कि हुनुपर्छ ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १४ सोमबार
shakti-basnet-11-14.jpg

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत पत्रकारमाथि आक्रोशित भएका छन् । सोमबार संसद बैठकपछि उनले सो प्रकरण जिज्ञासा राख्दा तपाईँ कहाँको पत्रकार हो नि प्रतिप्रश्न समेत गरे । पत्रकारहरूले सो प्रकरणमा मुछिएका तपाईँले नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिनुपर्ने हो नि ? भनी जिज्ञासा राखेका थिए । मन्त्री बस्नेत भने केको नैतिकता भन्दै पत्रकारमाथि आक्रोशित भए । 

कसैले रिस उठेर उजुरी गर्‍यो भन्दैमा प्रमाणित नभईकन केको नैतिकता हुन्छ ? मन्त्री बस्नेतको आक्रोश थियो । उनले एमालेले संसद्मा आफ्नो राजीनामा माग गरेर ‘पुंग न पुच्छर’को कुरा गरेको टिप्पणी गरे । मन्त्री बस्नेतले आफूले कलबाईपास घोटाला नियन्त्रण गर्नका लागि सो प्रविधिको खरिद प्रक्रिया अघि बढाउन सहमति दिएको पनि बताए । उनले सो प्रकरणमा आफूले गल्ती नगरेको जिकिर गर्दै आफूमाथि उजुरी दिनेको नाम पनि समय आएपछि सार्वजनिक गर्ने बताए ।

मन्त्री बस्नेतले भने, ‘हामीले हेर्दा खेरी पुंग न पुच्छरका कुरा लिएर हिँडेका छन् । उजुर गर्न आफैँ हिँड्छन् । अनि, त्यहाँ बोल्न आफैँ हिँड्छन् । अनि आफूले भनेको सबै ठिक हो भन्छन् । होइन भने बेठिक हो भन्छन् । देखिरहनुभएको छ नि तपाईहरुले । सामान्य नैतिकता देखाएनन् भन्ने कुरा छ मन्त्रीहरूले । के हो नैतिकता ? सुन्नुस्, यो देशमा कानून छ । ऐन छ । कसैले कसैलाई उजुरी गर्‍यो भन्दैमा, रिस उठेर उजुरी गर्‍यो भन्दैमा प्रमाणित केही पनि नभईकन के हुन्छ नैतिकता तपाईँले सिकाउनु पर्छ ? तपाईँलाई यति पनि थाहा रहनेछ । तपाई कहाँको पत्रकार ? कान्तिपुरले के लेखिराखेको छ ? कान्तिपुरले खाली टेरामक्सको वकालत गरिराखेको छ । म प्रतिप्रश्न सोध्न चाहन्छु–संसारभरी टेरामक्स लागू भएको छ । कलवाईपास गरेर गर्ने घोटालाको बारेमा सारा देशमा नियन्त्रण भएको छ । यो देशमा मात्रै किन नियन्त्रण भएको छैन ? तपाईँहरूले लिडिङ रोल गरिरहनुभएको छ एनसेललाई ढाकछोप गर्नका लागि । उसको फण्डाबाज हो यो ? पहिला सुन्नुस् तपाई । यो विषयमा सीआईबीले समेत यति पैसा घोटाला गरेको छ भनेर प्रतिवेदन पेस गरेको छ । नेपालमा हरेक वर्ष कोभिडको एक वर्ष बाहेक उसको ग्राहक बढिराखेको छ । आम्दानी घटिराखेको छ । हुँदाहुँदै कसरी अन्तिम गएर नामसारी गरेको हो, त्यो पनि थाहा छ । तपाईँहरू यसको पक्षमा वकालत गरेर बसिरहनुभएको छ । सुन्नुस्, राष्ट्रमा ठगी गर्ने कुरामा जुन बेलासम्म कलवाईबास गरेर खाने कुरामा राज्यले नियन्त्रण गर्दैन । म सञ्चारमन्त्री भएर आउँदा रुवेल चौधरीलगायत धेरै मान्छेलाई थुनेर कारबाही गरेको अवस्था थियो । र त्यसलाई नियन्त्रण गर्नुपर्छ, राजश्व उठाउनु पर्छ भनेर भन्ने कुरामा मैले आफ्नो कुरा अगाडि सारिदिएको हो । सहमति दिएको हो । अनि त्यसपछि आएर के कुरा प्रमाण पुर्‍याएर चाहिँ अगाडि बढाएको छ ? तपाईँलाई नेपालको कानूनमा कसैलाई दोषी करार गर्नका लागि भनि दिएमात्रै पुग्छ कि हुनुपर्छ ? त्यसकारण भनिएको अवस्था हो । तपाई जहाँ गए पनि कान्तिपुरले अहिले सुन्नुस् । दोषी देखियो भने राजीनामा गर्नुपर्छ । अरू कानूनी कारबाही भोग्नुपर्छ । सजाय अदालतले तोक्ने हो, मलाई सोध्ने हो ? तपाईँलाई यदि याद छ भने धनगढीमा पत्रकार सम्मेलन गरेर मैले आफ्ना कुरा सबै राखेको छु । मैले सबै कुरा भनिदिएको छु । त्यसैले एउटै कुरा दश पटक भन्नुपर्छ भन्ने जरुरी छैन । तपाईँलाई पो न्युज छैन र कान्तिपुर, कान्तिपुर भन्या छ । बिहानदेखि बेलुकासम्म एनसेललाई संरक्षण गर्ने न्युज लेखेर बस्नुभएको छ तपाईँहरू । वर्षको २० अर्बभन्दा बढी घोटाला गरेको छ भन्ने प्रमाणित भएको छ । अव त्यो घोटाला भएको के गर्दो हो त ? सीआईवीको रिपोर्टमा पनि अर्बौँ घोटाला भएको देखाएको छ । अनि, संसारभरी सबै ठाउँमा नाफा हुने, नेपालमा मात्रै नोक्सान हुने । अनि यदि टेरामक्स चाहिँ यो कलबाईपास गरेर खानेहरूको विरुद्धमा आएको नीति होइन भनेर उल्टाउने हो भने यो नियन्त्रण गर्ने विधि चाहिँ के हो ? सुन्नुस्, म मन्त्री हुँ । मैले बोल्ने मौका पाउँदा म बोल्छु । सुन्नुस्, लामा गफ नगर्नुस् तपाईँहरू । मैले यो विषयमा तपाईँजस्तै ५५ जना पत्रकारको अगाडि बोलेको छु । घरघरमा आएर म कहाँ दिन्छु ? यसमा मेरो गल्ती छैन । मेरो गल्ती छैन । राष्ट्रको लागि लडेको हुँ । उजुरी हालेका छन् । कसले हाल्न लगाएको हो ? म त्यो पनि भनौला ।’
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ