arrow

गण्डकीको हिउँदे अधिवेशन बुधबारदेखि

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १५ मंगलबार
Gandaki pradesh sabha bhawan.jpg
तस्बिर-फाइल

पोखरा । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन बुधबारदेखि शुरु हुँदैछ । प्रदेश सरकारका प्रवक्ता एवं ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले विषयगत समितिबाट पारित भएका आमसञ्चार र बीउ बिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक अधिवेशनमा पेस हुने जानकारी दिए ।

सरकारले यही अधिवेशनमा प्राइभेट फार्म दर्ता ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्न बनेको विधेयक पनि सदनमा पेस गर्ने निर्णय गरेको उनको भनाइ छ ।

“हिउँदे अधिवेशनमा सात वटा विधेयक अगाडि बढाउने तयारीमा सरकार छ”, प्रवक्ता अर्यालले भने ।

यसअघि प्रदेश मामिला तथा कानून समितिद्वारा आमसञ्चारसम्बन्धी व्यवस्था गर्न विधेयक र सामाजिक विकास तथा कृषि समितिबाट गण्डकी प्रदेशमा बीउ बिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रुपमा पारित थियो ।

प्रदेशसभाका कानून अधिकृत कुमार रिजालले बुधबार दिउँसो २ बजे प्रदेश सभा बैठक शुरु हुने जानकारी दिए ।

कार्यव्यवस्था परामर्श समिति बसेर बैठकको कार्यसूची तय गर्ने उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ