arrow

मछिन्द्र र जाउलाखेल केपी ओली कपको सेमिफाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १५ मंगलबार
kpoli-cup-football-2080.jpg

काठमाडौँ । मछिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लब केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । मंगलबार सम्पन्न खेलमा मछिन्द्र क्लबले नेपाल पुलिस क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

मछिन्द्रको जितमा क्रिस्टोफर चिजोबाले २ गोल गरेका थिए भने स्टेफेन बिनोंगले एक गोल गरेका थिए । त्यसैगरी पुलिसका कप्तान रामचन्द्र बाजीले एक गोल आत्मघाती गोल गरेका थिए ।

यस खेलमा खेलको ९३ औं मिनेटमा मछिन्द्रका ओमोलाजा करीमले रातो कार्ड पाएका थिए । 

अब सेमिफाइनलमा मछिन्द्रले मानेभन्ज्याङ एफसीको सामना गर्ने छ । सेमिफाइनल खेल विहिबार हुने छ ।

त्यस्तै मंगलबार सम्पन्न क्वाटरफाइनलको खेलमा जावलाखेल युथ क्लबले केपी ओली एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

जावलाखेलको जितमा निरन्जन धामी र निरज चौधरीले एक एक गोल गरेका थिए । त्यसैगरी केपी ओली एफसीका लागि एक गोल अडामा डोउम्बियाले एक गोल फर्काएका थिए ।

अब जावलाखेलले सेमिफाइनलमा एनआरटीसँग खेल्ने छ । एनआरटीले थ्रीस्टार क्लबलाई पराजित गर्दै यसअघि नै सेमिफाइनलमा पुगेको थियो । यो खेल पनि बिहीबार नै हुनेछ ।
  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ