arrow

लोकमानका ज्वाइँले अदालतमा पेश गरे लिखित जवाफ

logo
प्रकाशित २०७३ मंसिर २ बिहिबार
lokmanka-jwani.jpeg

काठमाडौं। सर्वोच्च अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीका घरमा म्याद तामेली गर्न जाँदा अवरोध गरेको आरोप लागेका प्रवल थापाले लिखित जवाफ पेश गरेका छन् ।

कार्कीका कान्छा ज्वाइँ समेत रहेका थापाले अदालतको न्याय सम्पादनमा अवरोध गरेको जनाउँदै अदालतले एक हप्ताभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।

लिखित जवाफमा विपक्षीले आफूलाई झूटो आरोप लगाएको र आफू नेपाली काँग्रेसको प्रतिनिधि समेत भएको हुँदा राजनीतिक व्यक्तित्वले यस्तो काम गर्न नसक्ने उल्लेख छ । सोही विषयमा कार्कीले पनि लिखित जवाफ पेश गरिसकेका छन् । कार्कीले आफुनै वहालवाला प्रमुख आयुक्त भएको र अभियोजनकर्ता तथा दलहरुले प्रतिशोध साँधेको भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ